सकियो सांस्कृतिक मेला



एभरेस्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा राजधानीमा दसौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ।

 

मेलामा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी दश देशका कलाकारले कला प्रस्तुत गरेका थिए।

 

मेलामा दश देशबाट आएका २ सय ५० भन्दा बढी कलाकार सहभागी भएका थिए। नेपाललगायत सबै देशका कलाकर्मीले मेलामा आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए।

 

राजधानीको कान्तिपथस्थित होटल एलो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई सम्मान प्रदान गरिएको थियो। नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ २२ वर्षअघि स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रम स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको आयोजकले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्