राजधानीवासीलाई सर्तक रहन मेयर शाक्यको आग्रह 



काठमाडौं,(नेस) ।

इन्द्रायणी क्षेत्रको बिकास गुरुयोजना अन्तर्गत बिष्णुमती नदी किनारामा फल्चा सत्तलको शिलान्यास गरिएको छ । काठमाडौ महानरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बिहीबार सो सत्तलको शिलान्यास गर्नुभएको हो ।गएको माघ १५ गतेबाट निर्माण कार्यको थालनी गरिएको सत्तल आउँदो बर्षको मंसिर १५ गतेभित्र निर्माण सम्पन्न गरि सक्ने लक्ष्य राखिएको छ ।

१ करोड १७ लाख ४ हजार १ सय ७९ रुपैयाँ लागतमा मिलीजुली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले निर्माण गर्ने भएको छ ।शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले सम्पदा निर्माण र पुनर्निर्माणको कामलाई महानगरले प्राथमिकता दिएको बताउँदै महानगरको यो काममा बिरोधका आवाज सुनिनु अनौठो भएको बताउनुभयो ।

सम्पदा व्यवस्थापनका कामबाहेक महानगरले पूरा गर्नुपर्ने दायित्व धेरै भएको बताउदै उहाले भन्नुभयो –अहिलेको जल्दोबल्दो समस्या भनेको कोरोना (कोभिड–१९) को त्रास हो । यसबाट नडराउन तर सचेत भएर बस्न म सबै महानगरबासीमा अनुरोध गर्दछु ।कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा पुनर्निर्माणका क्रममा वडाले जटिल खालको चुनौतीको सामना गर्नुपरिरहेको बताउनुभयो ।

कामपा–१७ का अध्यक्ष नविन मानन्धरले सम्पदा पुननिर्माण गरेर जीवन्त सांस्कृतिक वडा निर्माणका लागि आफ्नो प्रयास कतै पनि अपुरो हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा बोल्दै इन्द्रायणी परिसर गुरुयोजना निर्माण सहयोग तथा समन्वय उपसमितिका संयोजक एवं कार्यपालिका सदस्य प्रेम पुजारीले यसका आवश्यक पर्ने समन्वयमा आफू सजग रहेको बताउनुभयो ।

कार्यक्रममा महानगर कमिटीका तर्फबाट निर्मल देउला, क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) का उपाध्यक्ष कुमारधर मानन्धर लगायतले स्थानीयको अभिभावक महानगर रहेकोले महानगरकै नेतृत्वमा पूर्वाधार र सामाजिक बिकासका काम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्