४१ विधामा म्युजिक अवार्ड प्रदान



सृजनाको मूल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको तेस्रो संस्करण हालै राजधानीमा सम्पन्न भएको छ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, फिल्म र म्युजिक भिडियोका विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।
हिमालयन नेपाली इभेन्टस प्रालिले आयोजना गरेको अवार्ड समारोहमा यूएईका लागि तय गरिएको भए पनि कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा गरिएको आयोजक संस्थाका अध्यक्ष सविन घिसिङले जानकारी गराए।
कुल ४१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक एस कुमार र गायिका दीपा लामाले सर्वाेत्कृष्ट चलचित्र पाश्र्व गायनको अवार्ड चुमे भने दुर्गेश थापाले राष्ट्रिय भावको गीत गायन, आशुसेन लामाले वर्षको सर्वाेत्कृष्ट चर्चित गीत, शर्मिला श्रेष्ठले लोक तथा दोहोरी गायिका, रेखा थापा मगरले लोकगायिका, कर्णराज गिरीले आधुनिक गीत गायन, सविन लामाले पपगीत गायक, दावा फिञ्जो तामाङले फिल्म अभिनेता, श्याममाया गुरुङले फिल्म अभिनेत्री, इन्दिरा वाइबाले तामाङ फिल्म नवअभिनेत्री, नयन डिसीले म्युजिक भिडियो मोडल, भुवन स्याङ्बो तामाङले म्युजिक भिडियो निर्देशक, पब्लिक च्वाइस पप गायक, आरबी लामा वाङदेनले म्हेन्दोमाया गायक, छिमी मम्बा तामाङले म्हेन्दोमाया गायिका, विश्वपासा तामाङले म्हेन्दोमाया पप्लिक च्वाइस गायक, मीना लामाले म्हेन्दोमाया गायिका पब्लिक च्वाइस, रेशा तामाङले म्हेन्दोमाया लोकप्रिय गायक र अर्जुन थोकर साइलाले म्हेन्दोमाया म्युजिक कम्पोजर नवप्रवेशीको अवार्डलाई आफ्नो बनाएका छन्।
त्यसै गरी सपन श्रेष्ठले पप गीत गायन जुरी, सुनील थापा मगरले लोकपप गीत गायन, पासाङ लामाले लोक तथा दोहोरी गीत गायन नवप्रवेशी पुरुष, शर्मिला तामाङले लोक तथा दोहोरी गीत गायन नवप्रवेशी महिला, सुरजचन्द्र घिसिङले लोक तथा दोहोरी म्युजिक भिडियो नवप्रवेशी पुरुष मोडल पुरुष, धनराज मगरले लोक तथा आधुनिक म्युजिक भिडियो पुरुष मोडल, सुजु श्रेष्ठले लोक तथा दोहोरी म्युजिक भिडियो नवप्रवेशी महिला मोडल, मिलन लामाले सेलो तथा आधुनिक म्युजिक भिडियो पुरुष मोडल, हरि मोक्तान (यूएई) ले प्रवासी सेलो पप गायक, सुनील कटुवाल (अस्ट्रेलिया) ले प्रवासी पप गायक, गम न्यौपानेले नवलोकदोहोरी गायन जुरी पुरुष, रुकमाया वादाले नवलोकदोहोरी महिला गायन जुरी, सन्ध्या परियारले लोकप्रिय लोक तथा दोहोरी गीत महिला गायन, जैजा तामाङले आधुनिक तथा तामाङ गीत रचना, गणेश चौलागाईंले लोक तथा दोहोरी गीत रचना, बबिता राई अनुमाले पप गीत महिला गायन, रोम लामाले सेलो गीत गायन नवप्रवेशी, सुप्रिना कार्कीले बाल गायिका, रीना थापा मगरले लोक तथा दोहोरी म्युजिक भिडियो महिला मोडल, आशा गौतमले आधुनिक म्युजिक भिडियो महिला मोडल र निशा लामाले लोक तथा म्हेन्दोमाया गायिकाको अवार्डलाई आफ्नो बनाए।
समारोहमा संघीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले कलाकारले समाज र राष्ट्रलाई जागृत गराउने भएकाले स्रष्टाको सम्मान नै समग्र मुलुकको सम्मान भएको चर्चा गरे। त्यसै गरी नेपाली कांग्रेसमा नेता एवं पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले विभिन्न विधाका स्रष्टाले नेपाली समाजलाई गोलबद्ध गर्दै अन्तर्राष्ट्रियरूपमा मुलुकलाई चिनाएकोमा खुसी व्यक्त गरे। समारोहमा गीतकार भरत बमजन, गायक लाक्पा शेर्पा, साहित्यकार योगेश राल्फाली, नेसनल मिडिया सर्भिस प्रालिका प्रबन्ध निर्देशक अदीप पाठक, गायक शुभबहादुर, तामाङ फिल्मका निर्देशकद्वय विनय दोङ र अरूण घिसिङलगायतले विजेताहरूलाई अवार्ड प्रदान गर्दै शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्