डिफेन्डिङ च्याम्पियन लिभरपुल बाहिरियो



लन्डन, (एजेन्सी)

 

डिफेन्डिङ च्याम्पियन इंग्लिस प्रिमियर क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

 

बुधबार राति कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण खाली रंगशालामा भएको दोस्रो लिगमा घरेलु स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मेड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै लिभरपुल बाहिरिएको हो।

 

लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो। लिभरपुलले पहिलो लिग १–० ले गुमाएको थियो। लिभरपुललाई हराउन एट्लेटिकोका मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले गोल गरे। लिभरपुलका जर्जिन्हो विज्नाल्डम र रोबर्टाे फर्मिनोले गोल गरे पनि हार टार्न सकेन।

 

प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा विज्नाल्डमले गरेको गोलले दोस्रो लिग लिभरपुल १–० ले आफ्नो पक्षमा पारेका थिए। तर, दुई लिगको खेलपछि सम्रगमा खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो।

 

अतिरिक्त समयको ९४औं मिनेटमा फर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएको थियो। तर, ९७औं मिनेटमा एट्लेटिकोका मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

 

अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अघिल्लो चरण पुग्ने यात्राको सम्भावना सकिँदा एट्लेटिकोले खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै समग्रमा ३–२ को अग्रता लिन सफल भयो। अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा ३–२ ले हार चखायो।

 

पीएसजी क्वार्टरफाइनलमा

 

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो। पीएसजी पहिलो लिगमा २–१ ले पछि परेको थियो।

 

बुधबार राति पार्क डी प्रिन्सेस रंगशालामा दर्शकविना खेलिएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमर र जुवान बर्नाटले गोल गरेका थिए। खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। एन्जल डी मारियाको क्रसमा नेयमारले सिक्स यार्ड बक्समा डाइभ गर्दै हेड गरेको बल गोलमा परिणत भएको थियो।

 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। उनले पाब्लो सारावियाको पासलाई सदुपयोग गरेका थिए। इन्ज्युरी समयतिर खेल तनावपूर्ण बन्न पुगेको थियो। ८९औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्