एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर



एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमनकलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस स्वरुप प्राप्त गर्दछन्।

 

यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्मबोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ।

 

ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्। एनसेलका सबै प्रिपेड तथापोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजनानिःशुल्क सुचारु गरी लाभलिन सक्छन्। त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन्।

 

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्। यो योजना अवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले एक/एक थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमनकल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्