लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा आईपीओ निष्काशन



लमजुङ, (नेस)

 

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि शेयर निष्काशन गरेको छ।

 

आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट शेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो।

 

जिल्लाभित्र पनि अति प्रभावित क्षेत्रका लागि पाँच करोड, सामान्य प्रभावितका लागी अर्को पाँच करोड र त्यो बाहेक जिल्लाबासीका लागि थप पाँच करोड गरी १५ करोड रुपैयाको शेयर आव्हान गरीएको सञ्चालक वस्तीको भनाइ छ।

 

‘आगामी चैत्र १५ सम्मका लागि शेयर हाल्नका लागि समय तोकिएको छ’– वस्तीले भन्नुभयो। जिल्लामा रहेका अधिकांश बैकहरूबाट शेयर जम्मा गर्न सकिने छ। कम्पनीको प्रवन्धपत्रमा उल्लेख गरिए बमोजिम सँस्थापक शेयर धनीहरूलाई क वर्ग र सर्वसाधरण शेयर धनीहरूलाई ख वर्गमा विभाजन गरेको छ।

 

ख वर्गको शेयरमा आयोजना प्रभावित जिल्लाबासी, स्थानिय सर्वसाधरण, कर्मचारी र अन्य सर्वसाधरणहरू रहेको कम्पनीले जनाएको छ। जसमध्ये ७५ प्रतिशत शेयर क वर्गका संस्थापक शेयर धनी तथा २५ प्रतिशत ख वर्गका सर्वसाधरण भनि विभाजन गरेको छ।

 

जारी पुँजीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ। सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरिएको शेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ।

 

आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई छुट्याएको ३३दशमलव ३३ प्रतिशत मध्ये पाँच लाख कित्ता अति प्रभावित, दोर्दी गाउँपालिकाको बाँकी वडाहरू र बेसीशहर नगरपालिका वडा नम्बर ११ का स्थानियको निम्ती पाँच लाख कित्ता र सो बाहेक जिल्लाबासीका लागी अर्को पाँचलाख कित्ता शेयर निष्काशन गरी बाडफाँडको तयारी गरेको कम्पनीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्