राष्ट्रिय औद्योगिक सर्वेक्षण: यस वर्षको नतिजा विगतभन्दा पृथक् हुने दाबी



डीबी बुढाथोकी, काठमाडौं

 

औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्र पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिबृद्धि, औधोगिक प्रतिष्ठानको अबस्था पहिचान एवम् तथ्यांक अद्याबधिक गर्ने उद्देश्यका साथ केन्द्रीय तथ्याड्ढ बिभागले राष्ट्रिय औद्योगिक सर्बेक्षण, २०७६ शुरू गरेको छ।

 

यस्तो सर्बेक्षण प्रत्येक पाँच बर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्बेक्षण बिगत भन्दा पृथक एबं बिशेष हुने दावी औद्योगिक तथ्याड्ढ शाखाका निर्देशक बिनोदशरण आचार्यले गर्नुभयो।

 

‘बिगतमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बर्गिकरण(आईएसआईसी) अनुरुप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरू मात्र सर्बेक्षण गर्दथ्यौं, यसपटकवाट संयुक्त राष्ट्र संघ औद्योगिक बिकास निकायको(यूएनआईडीओ) सिफारिसबमोजिम खानी तथा उत्खनन्, बिद्युत उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर ब्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू समेटेका छांै’, निर्देशक आर्चायले भन्नुभयो–‘यसअघि पूर्ण गणना विधि(सेन्सश मेथोड) अबलम्बन गरेका थियौं, अहिले छनौट विधि (स्याम्ललिङ मेथोड) अबलम्बन गरेका छांै।’

 

कस्तो छ त सर्बेक्षणको बिशेषता ?

 

निर्देशक आर्चायकै शब्दमा– सर्बेक्षणको दायरा बिगतको भन्दानिकै फराकिलो पारिएको छ। स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच अन्तर निकाय समन्वय कायम गरिएको छ।

 

ठूला प्रतिष्ठान, खानी तथा उत्खनन्, बिद्युत उत्पादन तथा बितरण, पानी आपूर्ति, फोहोर ब्यवस्थापन र फोहरको उपचारात्मक क्रियाकलापहरूको पूर्ण गणना बिधिवाट र उत्पादनशील साना प्रतिष्ठानहरूको नमुना बिधि गणना ब्यवस्था मिलाइएकोछ। साना–ठूला गरि कूल १४ हजार २१ उद्योग प्रतिष्ठानहरू समेटिनेछन्।

 

मुलुकको सबै भूभाग समेटिने छ। तथ्याड्ढ ऐन, २०१५ अनुरुप ब्यक्तिगत गोपनियता कायम गरिने छ। तालिमयुक्त जनशक्ति कार्य क्षेत्रमा खटिएकाले कार्यको गुणबत्तामा शंका गर्नुपर्ने छैन।

 

कहिले र कस्तो आउने छ नतिजा ?

 

निर्देशक आर्चायकाअनुसार राष्ट्रिय औद्योगिक सर्बेक्षण २०७६को गणना शुरुवात राजधानीवाहिर फागुन १५ गते र राजधानीमाफागुन २८ गतेवाट प्रारम्भ भइसकेको छ। गणना कार्यका निमित्त कूल १ सय ५० जनशक्ति खटाइएको छ।

 

स्थलगत खर्चमात्र ३ करोड लाग्ने अनुमान गरिएको छ। सर्बेक्षण कार्यका लागि साढे दुई महिना लाग्ने छ भने तथ्याड्ढ प्रशोधन गरि ६ महिना भित्र नतिजा सार्बजनिक गरिने छ।

 

प्रतिष्ठानको नाम, ठेगाना, दर्ता भएको निकाय, प्रतिष्ठान संचालन मिति, प्रतिष्ठानको प्रमुख कार्यहरू, लिंगको आधारमा स्वामित्व, बौद्धिक सम्पत्ति उपयोगको अबस्था, पुँजी लगानीको आकार, प्रतिष्ठानको सांगठानिक ढाँचा, प्रतिष्ठानले सिर्जना गरेको रोजगारी, बिदेशी जनशक्ति उपयोगको अबस्था, जनशक्तिको प्रकृति, इन्धन उपयोग अबस्था कच्चा पदार्थ खरिद तथा उपयोगको अबस्था, उत्पादित बस्तु बिक्री बितरणको अबस्था, कर भुक्तानी बिबरण, स्थायी सम्पत्ति विवरण, अनुसन्धान तथा विकास कार्य, उत्पादन क्षमता उपयोग, वातावरण तथा फोहोर ब्यवस्थापन आदि कुराहरू प्रतिबेदनमा उल्लेख गरिने छ। नेपालमा पहिलोपटक २०२२ सालमा औद्योगिक गणना गरिएकोमा २०६९ मा दशौं औद्योगिक गणना भएको थियो। यो एघारांै श्रृंखला हो।

 

 

प्रतिक्रिया दिनुहोस्