प्राडा पौडेललाई इन्टरनेसनल पोइट्री अवार्ड



नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेललाई इनसाइक्लोपेडिया विकिपोइजियाका तर्फबाट उक्त संस्थाका प्रतिनिधि रोक्को लनटाले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएर क्रस गोल्ड इन्टरनेसनल पोइट्री अवार्ड प्रदान गर्नुभएको छ।

 

विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाको गत जनवरी ३ का दिन इटालीमा सम्पन्न कंग्रेसले प्राडा पौडेललाई मानार्थ अध्यक्षको सम्मान र उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो।

 

नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य/काव्य विभागले नेपाली कविता/काव्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान र अवार्ड प्रदान गरिएको उक्त संस्थाका प्रतिनिधि लनटाले बताउनुभयो। इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट १० लाखभन्दा बढी कवि सदस्यका रूपमा समेटिएका छन्।

 

अवार्ड प्रदानका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य/काव्य विभागका प्रमुखलाई सम्मान गरेकोमा उक्त विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाप्रति धन्यवाद ज्ञापन गर्दै यस कार्यले विश्वमा कविता/काव्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

 

उक्त अवसरमा द्विपक्षीय सांस्कृतिक एवं काव्यिक आदान–प्रदान गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

 

कविता/काव्यका क्षेत्रमा काम गर्ने संस्था/विभागका प्रमुखलाई प्रदान गरिने उक्त सम्मानबाट यसअघि विश्वभरबाट १६ जना व्यक्तित्व सम्मानित भएका छन्। प्राडा पौडेल सो सम्मान प्राप्त गर्ने १७औं व्यक्तित्व हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्