लडाकु बनाउन भन्दै बालिका अपहरण गर्ने १४ विप्लव कार्यकर्ता पक्राउ



न्युज अफ नेपाल,काठमाडौं ।

बालिका अपहरणको आरोपमा विप्लव समूहका १४ कार्यकर्ता पक्राउ परेका छन् । एक १४ बर्षीय किशारीलाई अपहरण गरेको आरोपमा उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी गरिमा मोक्तानको बुधबार साँझ ५ बजे अपहरण भएको थियो । अपहरित बालिकाको पनि प्रहरीले बिहीबार उद्धार गरेको छ ।

विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्