कोरोना भाइरसको प्रभाव : ला लिगा लिगका सबै खेल स्थगित



एजेन्सी ।

विश्वभर कोरोना भाइरसको प्रकोप बढेको भन्दै स्पेनिस फुटबल लिग ला लिगाका सम्पूर्ण खेलहरु स्थगित गरिएका छन् । लिगमा अहिले भइरहेका खेलहरु स्थगित गर्ने निर्णय गरिएको हो ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै अहिले भइरहेका खेलहरुलाई कम्तिमा पनि दुई साताका लागि स्थगित गर्ने निर्णय गरेको हो । अब ला लिगाका कुनै पनि खेल दुई सातासम्म नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्