यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा



काठमाडौँ । 

राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।
सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सो प्रतिवेदन पेश गर्नुभएको हो । यसैगरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७५’, ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ र ‘राष्टिय खेलकूद विकास विधेयक, २०७५’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

साथै बैठकले पहिलो संविधानसभाका सदस्य धर्म घिमिरेको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । सभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्