विवाहित र अविवाहितबीच स्पर्धा



विभिन्न वर्ग र समूहका लागि विविध प्रकारका प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकैसाथ अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्टार वन इन्टरनटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ आगामी चैत ११ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०२० आयोजना गर्न लागिएको हो।

तेस्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरती माया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनिषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा पोखरेल गरी कुल १४ प्रतिस्पर्धीले अन्तिम स्पर्धा गर्दै छन्।

त्यसै गरी दोस्रो संस्करणको मिस टिन टुरिजममा रोजिना तिवारी, अस्मिता कलाखेती, पासाङ भोटे, रेबिका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा गरी ८ जनाले प्रतिस्पर्धा गर्दै छन्।

दुवै प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा बालकृष्ण पोखरेलको संयोजनमा हुँदै छ। दुवै प्रतियोगिताका प्रतियोगीलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिइरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्