भारतमा दुर्घटनामा परेका नेपाली व्यक्तिको उपचार अभाव



उत्तम नेपाल, भद्रपुर ।

झापा कचनकवल ४ खुट्टामुनीका न्युन आर्थिक अवस्था भएका नूरजमाल मियाँ । हाल उहाँ ४६ वर्षको भएको बताउँनुहुन्छ । गतवर्ष फागुनको २५ गते सानी छोरी विरामी परेपछि सिलगढीमा उपचार गराउन विहानै घरबाट बाहिरीए । उहाँसँगै अन्य ५ जना भारतीय टेम्पो चढेर सिलगढी तर्फ लागे । केही वेरपछि विहान ८ बजे भारतको भेलागढी भन्ने स्थानमा ट्याक्टर र टेम्पो एकआपसमा ठक्कर दिँदा टेम्पोमा सवार एकजनाको मृत्यु भयो भने अन्य यात्रुसँगै मियाँको दुवै हात र खुट्टा भाँचियो । छोरीपनि सामान्य घाइते भइन् ।

घट्ना घटाउने दुवै चालक फरार भए । घट्नापछि मियाँले सिलगढीको एक अस्पतालमा एक महिना उपचार गराए । उहाँको नाममा कुनै सम्पत्ति नभएका कारण उपचारमा समस्या भएपछि बावुको नाममा रहेको केही जमिनमध्ये साढे ३ लाख रुपैयाँमा १० कठ्ठा जमिन बिक्री गरे । उहाँको उपचारमा भारतिय रकम साढे ३ लाख (नेपाली ५ लाख ६० हजार) खर्च गरी नेपाल आए ।

उपचार त भयो, तर उनको खुट्टा र हातको भर छैन । उहाँको जीवीकोपार्जन नै खेती किसान भएकोले त्यो चाहँदा चाहँदै पनि हाल गर्न सक्दैनन । उहाँको अध्ययन पनि छैन । घरमा एउटा सानो किराना पसल छ ,त्यो सकिनसकि उहाँले गर्दै आइरहनुभएको छ । गहभरी आँशु पार्दै भन्नुभयोे‘ खेति किसान गदैँ आइरहेको थिए , एकवर्ष यताबाट केही गर्न सक्दिन समय समयमा डाक्टर देखाउन सिलगढी जानु पर्छ ’।

उपचार गराउने रकम छैन । गाउँपालिकालाइ पटक –पटक जानकारी गाराउँदा समेत वास्ता नगरेको उहाँ बताउनुहुन्छ । नेपालमा नै घट्ना भएको भए केही राहत पाउँथे होला तर, भारतका पुसलिसलाइ पटक – पटक भन्दा समेत प्रहरीबाट केही हुदैन अदालत जानु भने । मुद्दा लड्ने पैसा छैन के गर्नु उहाँको गुनासो थियो । सवारी साधन सुखानी ठानामा नै भएपनि चालक नभेटिएको प्रहरीले बताएको अजबिर मियाँ बताउँनुहुन्छ ।

पैसा अभाव भएका कारण पीडितले न्याय नपाएको उहाँहरुको भनाइ छ । सवारी धनीले एक रुपैयाँ पनि उपचार खर्च नदिएको अजबिरले बताउँनुभयो । नेताहरुलाइ भोट मात्र चाहिन्छ । यस्तो अवस्थामा कसैले दया गर्दैनन । उहाँहरुले स्थानीय सरकार प्रति गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्