रंगशालाका लागि ५८ करोड



हेटौंडा, (नेस)।

मकवानपुरका गाउँपालिकाहरू खेल क्षेत्रको सहयोगमा तल्लीन देखिएका छन्। गाउँपालिकाले आफ्नो बजेटमै खेलका लागि बजेटसहित विभिन्न कार्यक्रम तयार गरेका छन्। पूर्वी मकवानपुरको बाग्मती गाउँपालिकाले ६ लाख नगद राशिको राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरेलगत्तै पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले ५८ करोड रुपियाँ खर्चेर रंगशाला निर्माण गर्ने भएको छ।

राप्ती र मनहरी खोलाको नदीउकास जमिनमा मदन भण्डारी स्पोर्टस् रंगशाला निर्माण गर्न डीपीआर शुरू भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रमौलीमा रंगशाला निर्माण गरी राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गरिने बताइएको छ।

उपाधि सत्यवतीको कब्जामा
बुटवल, (नेस)। सत्यवती भलिबल क्लव नवलपरासी प्रथम लाङ्घाली कप पुरुष भलिबल प्रतियोगितामा विजेता बनेको छ। लाङ्घालीयुवा परिवार तिलोत्तमा–८ द्धारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा लेखानी बाग्लुङलाई ३–२ को सेटमा पराजित गर्दै सत्यवती विजेता बनेको हो। योसँगै सत्यवतीले ५१ हजार १ सय ५१ र लेखानीले ३१ हजार १ सय ११ रुपियाँ हासिल गरे।

त्यस्तै, तेस्रो बनेको कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलले नगद २२ हजार १ सय ११ प्राप्त ग¥यो। मणिमुकुन्द भलिबल क्लबले ११ हजार १ सय ११ रुपियाँको सान्त्वना पुरस्कार हात पारेको थियो।

 

प्रतिक्रिया दिनुहोस्