वारम्वार जेल तोड्ने पुन पक्राउ



न्युयोर्क,(एजेन्सी)

हत्याको अभियोगमा दोषि ठहरिएपछि आजिवन कारवास भोगिरहेका एकजना वन्दि मंगलवार अलावामाको एउटा कारागारबाट भागेको केहि घन्टापछि पुन प्हरीको फन्दामा परेको सुरक्षाकर्मिहरुले बताएका छन् । बिस वर्ष लामो जेल जीवनको दौरान उनले यो दोश्रो पटक जेलबाट भाग्ने असफल प्रयास गरेका हुन् ।

करिव मध्यराति सेन्ट क्लेर कारागारबाट भागेको आठ घन्टा भन्दा कम समयभित्र प्रहरीे ति ६४ वर्षिय स्टिभ रे मर्फीलाई पुन पक्राउ गर्न सफल भएको थियो । सो कारगारभित्रै हिंसात्मक गतिविधि हुने गरेको तथा उनी कसरी भाग्न सफल भए भन्ने बुझ्न नसकिएको बताइएको छ ।

यस कारगारमा लगाइने ताल्च समेत तोडिएको अवस्थामा भेटिने गरेको बताइएको छ । यस अघि सन् २००१ मा पनि कारागारबाट भागेका मर्फीलाई पुन पक्राउ गरिएको थियो । त्यसपछि उनलाई जेल तोडेको थप अभियोग लागेको थियो ।

उनको कारगार अभिलेख विवरण अनुसार उनले सन् १९८३ मा अर्को कोल्वर्ट काउन्टी जेल तोडेर भागेका थिए । सोही काउन्टीमा एकजना व्यक्तिको हत्याको अभियोगमा उनी सन् १९८४ मा पक्राउमा परेका थिए । उनी विरुद्ध चोरी तथा डकैती जस्ता अभियोग पनि लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्