अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस सम्पन्न



काठमाडौं, (नेस)

मार्च महिनाको ११ तारिखका दिन बुधबार विश्वभर २२औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस मनाइयो। नेपालमा पनि यस दिवसलाई विभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसको अवसर पारेर कुष्ठ प्रभावित व्यक्तिहरु संगठित भएर खोलिएको संस्था एसोसियसन फर आइडिया नेपालले एक कार्यक्रम गरी यो दिवस मनाएको हो।

कुष्ठ प्रभावित व्यक्तिहरु पनि अन्य नागरिक सरह नै हुन भन्ने सन्देश यस दिवसले दिन खोजेको आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले बताउनुभयो। कुष्ठ प्रभावितले गुमेको इज्जत प्राप्त गरेको दिनलाई दिवसको रूपमा मनाउँदै आएको जानकारी दिनुभयो।

लामो समयदेखि कुष्ठ रोग प्रभावितहरुलाई उपचार गर्दै आएको आनन्द वन अस्पतालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले दिवसमार्फत कुष्ठ प्रभावित व्यक्तिहरुप्रति रहेको नकरात्मक धारणालाई सकारात्मक बनाउन विश्वको ध्यान आकर्षण गराउन भएको बताउनुभयो।

कार्यक्रममा लामो समयसम्म कुष्ठ प्रभावितका लागि उपचार गरेका र कुष्ठ प्रभावित भएर पनि अनवरत कुष्ठरोग प्रभावितकै लागि समय बिताएकाहरुलाई सम्मानसमेत गरेको थियो। जसमा भारतकी रचना कुमारी, लोकबहादुर थापा र रामबहादुर विष्टलाई सम्मान गरिएको थियो।

खखखखखख

प्रतिक्रिया दिनुहोस्