व्यवसायीद्वारा मास्क निःशुल्क बितरण



 न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार मास्क बितरण गरेको छ । संघ कार्यवाहक अध्यक्ष माधब न्यौपानेले हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्कालाई हेटौंडा अस्पतालमा मास्क बितरण गर्नुभएको हो ।

कार्यक्रममा न्यौपानेले विश्वभर कोरोना भाइरस फैलिरहेको अबस्थामा उक्त रोग स्वासप्रश्वासबाट पनि सर्ने भएकोले मास्क बितरण गरिएको बताउनुभयो । उहाँले संघका तर्फबाट अस्पताललाई मास्क हस्तान्तरण गर्दै ब्यापारीले मास्क लुकाएको भन्ने कुरा चिर्न यसले सघाउने दाबी गर्नुभयो ।

कार्यक्रममा डा. खड्काले सुविधासम्पन्न अस्पताल काठमाडौंमा मात्र भएकाले हेटांैडामा यस्तो सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वभर १ सय भन्दा बढी देशमा कोरोना भाइरस फैलिसकेकोेले विशेषगरि घा“टी दुख्ने तथा ज्वरो आउने भए उक्त भाइरसको जा“च गराउन सुझाउनुभयो ।

उक्त भाइरस अन्य नियमित फ्लुस“ग मिल्दोजुल्दो भए पनि रुघा लाग्दा सिंगान कम बग्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो । उक्त भाइरसको औषधि परीक्षण अबस्थामा रहेको तथा १ सय बिरामीमा ३ प्रतिशतको मात्र मृत्यु हुने भएकोले धेरै डरत्रास लिन नहुने उहाँले सुझाउनुभयो ।

संक्रमण भएका ८५ प्रतिशतलाई केही नहुने र १२ प्रतिशतलाई केही डरलाग्दो अबस्था रहने भन्दै उहाँले यसबाट बच्ने विभिन्न उपाय बताउ“दै त्यसमध्ये भीडमा जा“दा मास्क लगाउनुपर्ने बताउनुभयो । अस्पतालले गर्नुपर्ने कार्य मउवा संघले गरेकोमा धन्यवाद दि“दै उहाँले आउ“दा दिनमा थप सहयोगको आशा व्यक्त गर्नुभयो ।संघ सचिव विष्णुगोपाल महर्जनले मउवा संघले जिल्लाका विभिन्न स्थानमा ५ हजार मास्क बितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्