सर्वदलीय बैठक : कोरोनाविरुद्ध लड्न सरकारलाई सबै राजनीतिक दलहरुको साथ



भगवती तिमल्सिना,काठमाडौं

चीनबाट उदय भएको कोरोना भाइरस कोभिड १९ ले विश्वलाई नै त्रसित बनाएको अवस्थामा नेपालमा पनि सर्वदलिय बैठक बसी सबै राजनीतिक दलहरु एक ढीक्का भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा बसेको बैठले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

पूर्वतयारीका बिषयमा विपक्षी दलका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति र सल्लाह अर्थपूर्ण भएको मन्त्री पोखरेलले बताउनुभयो ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी हुनुभएको थियो । सोही अवसरमा कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले भन्नुभयो—पहिलो निर्णयमा कोरोना भाइरसका बिषयमा स्वास्थ्य बाहेकका जानकारी सूचना संचार तथा प्रविधि मन्त्रालयबाट सर्वदलिय सहभागीतामा गराउने । दोस्रोमा संक्रमित मुलुकबाट आउने यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै काडाईका साथ स्वास्थ्य परिक्षण गरि रेकर्ड राखेर मात्र १४ दिन सम्म क्वारेन्टाईन सरकारी अर्थात् घरमै बस्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

उडान भने बन्द नगर्ने जहाबाट आउँछन त्यहाँको निरोगीताको प्रमाणपत्र लिएर आउँनुपर्ने र प्रमाणपत्र सहित विश्व स्वास्थ्य संगठनले बनाएको प्रोटोकल पूर्ण रुपमा लागु गरि १४ दिन जति सुकै खर्चिलो भए पनि क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरिएको यसको लागि सरकारको अनुगमन बलियो हुनुपर्छ, थापाले बैठकबाट बाहिरिदै गर्दा पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

त्यसरी आएका व्यक्तिहरुको विस्तृत जानकारी कहाँबाट आएको, कहाँ बस्ने भन्ने बारेमा उल्लेख गर्ने व्यवस्था वेयवबेस्ट सिस्टम सरकारले बनाउँदै गरेको जानकारी दिएको पनि बताउनुभयो । अर्को अस्पताल बेस्ट, कोरोना भएका व्यक्ति धेरै संक्रमित हुन्छन र अस्पतालको सेवा धेरै लिन्छन् । काठमाडौको अस्पतालको अवस्था हेर्दा सरकारीमा ७० र प्राईभेटमा ८० को हाराहारीमा आईसीयू कक्ष छन् ।

यसले चीनमा चीन, दक्षीण कोरिया, जापान लगायतका मुलुकमा फैलिए जस्तै कोरोना भाईरस फैलियो भने हामी दिन सक्ने अवस्थामा छैनौ । यस्तो अवस्थामा सरकारीको क्षमता बढाउनुका साथै नीजीसँग सहकार्य गर्ने सुझावलाई सरकारले तत्काल सुधार्ने जनाएको छ । मास क्याजल्टी सेन्टरका रुपमा बीरेन्द्र सैनीक अस्पताललाई बिस्तार गर्ने कुरामा सरकारकारलाई सुझाव दिएका छौ ।

सरकारले दुईवटा कुरामा आश्वास्त पारेको छ एउटा आपूर्तिको कुरा खाद्यानमा आतिनु पर्दैन । यथेष्ट भण्डारण छ आतिनु पर्दैन भन्ने बिषयमा आश्वास्त पारेको छ । त्यसैग।रि अर्थतन्त्रका कुरामा पर्यटनमा परे पनि अन्यत्र छैन र आत्तिनु पर्दैन तर नयाँ प्याकेज ल्याउँछौ भनेको छ । संसदमा अर्थमन्त्रीबाट यो पेश हुने अपेक्षा गरेका छौ । १ सय २९ वटा नाकाबाट आगमन छ निगरानीको माग राखेका छौ । अग्रपंक्तीमा काम गर्ने स्वास्थ्यकर्मी कर्मचारीलाई ढुक्क बनाउने प्याकेज ल्याउछौ र विस्वस्त बनाएर स्वास्थ्य सेवा दिन्छौ भन्नुभएको पूर्व मन्त्री थापाले संचारकर्मीहरुलाई जानकारी गराउनुभयो ।

सोही अवसरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सर्वदलिय बैठकमा सरकारले हाल सम्म गरेका कामको रिपोर्टिङ गर्यौ र सबै दलले एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हामीले यो अवस्थालाई एउटा अवसरको बिषयका रुपमा लिएका छौ । सेल्फ क्वारेनटाईन भनेको आफ्नै खर्चमा बस्ने भन्ने सन्देस सबै सामु पुर्याउने उदेश्यले मैले बोलेको हो । जोखिमयुक्त मुलुकबाट आउने नागरिक क्वारेन्टाईनमा बस्नुपर्छ घर या सरकारले व्यवस्था गरेको ठाउँमा बस्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनको पोर्टफोलियोको पालना गर्नुपर्छ । रोग लागेका व्यक्तिलाई सरकारले निःशुल्क उपचार गर्छ । रोग प्रमाणित नभएका व्यक्ति मात्र क्वारेनटाइनमा बस्छन् । स्वास्थ्यकर्मीहरुको बिषयमा प्रोत्साहन भत्ता लगायतका कुरा गरेका छौ छलफलबाट निष्कर्ष निकाल्छौ । कोरोना भाइरसका बिरुद्ध सामाना गर्नका लागि सबै राजनैतिक दल एक भएर अघि बढ्न निर्णय भयो । नेपालले एक जनाको उपचार गरेर प्रमाणित गरिसकेको छ । नेपाल उपचार गर्न सफल छ भन्ने कुरामा प्रमाणीत भैसकेको बिषयमा प्रशसा गरियो । सरकारले गरेको सबै कुरा पर्याप्त भने छैन ।

सबै मन्त्रालय मिलाएर सर्वदलीय ढगले जाने निर्णय सकारात्मक छ । संक्रामक रुपमा कोरोना आयो भने पूर्वाधार विकास भएको देखिन्न । अहिले ३ वटा मात्र अस्पताल तयारी अवस्थामा छ । रोगनै लाग्न नदिने तर्फ केन्द्रित हुनुपर्छ रोग लागिहाल्यो भने उपचारका लागि पनि तयारी हुनुपर्छ । सरकारका सम्बन्धीत निकाय जिम्मेवार भएर बिस्तृत जानकारी राख्ने निर्णय भएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।

बुधबारै कोरोना भाईरसका बारेमा बृहत छलफल र जानकारी गराउने उदेश्यले सूचना संचार तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थय सेवा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना विरुद्धको लडाइमा कुनै कमजोरी हुन नदिई अघि बढ्ने बताउनुभयो । सरकारले कोरोनाको भाइरसको उपचारको कुनै ठोस निर्णय लिइ नसकेको र परीक्षणको विषयमा भने निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

अहिले सम्म ल्याब ‘परीक्षण गर्न एकजनाको लागि करिब २० हजार रुपैया लाग्छ यो भने सरकारले निःशुल्क गर्दै आएको छ ।’ स्वास्थ्य विज्ञ र पत्रकारहरुबीचको एउटा अन्र्र्तिक्रया कायक्रममा बोल्दै श्रेष्ठले भन्नुभयो, ‘सबै उपचारको लागि भने सरकारले थप निर्णय गरेको छैन ।’

यतिबेला आन्तरिक मुख्य उडानमा सबै ठाउँमा चेक हुने गरेको र नेपालका मुख्य गरि ४० वटा नाकामा हेल्थडेस्क स्थापना भएको पनि उहाँले जानकारी गराउनुभयो । यसका लािग स्वास्थ्य आकस्मिक अप्रेसन सेन्टर मार्फत २४ सैं घण्टा सूचना दिने व्यवस्था पनि स्वास्थ्य मन्त्रालयले गरिसकेको श्रेष्ठले जानकारी गराउनुभयो ।

कोरोनाको जोखिम नियन्त्रणको लागि चाहिने उपकरण नेपालमा नभएको कारण अन्तर्राट्रिय रुपमा आन्तिरक खरिद प्रक्रिया अगाडी बढाएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्