गीता छोएर कसम खाँदै कमल थापाले भने-राप्रपालाई फुट्न दिन्न



न्युज अफ नेपाल,काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीता छोएर अब आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् ।राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बुधबार उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ उनले भने ।

पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए ।विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।

 

तस्वीर : शाेयम थीङ

प्रतिक्रिया दिनुहोस्