पूर्वस्थानीय विकासमन्त्री शेर्माको निधन



न्युज अफ नेपाल,फिदिम ।

पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। काठमाडौंको निदान अस्पतालनमा उपचारका क्रममा बुधबार दिउँसो उनको निधन भएको हो। दुईओटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा बिरामी थिए

जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्।

प्रतिक्रिया दिनुहोस्