मस्याङ्दी नदीमा र्याफ्टिङको  मज्जा



शिक्षा पन्त,लमजुङ ।

बेसीशहर नगरपालिका–८ दनाईफाँटमा सञ्चालित दोस्रो आदिवासी जनजाति लमजुङ साँस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा ¥याफ्टिङ गरिएको हो । बेसीशहर नगरपालिका ६ बेलौतीविसौनादेखि बेसीशहर–८ करपुरेश्वर मन्दिरसम्म २ किलामिटरको दुरीमा ¥याफ्टिङ गराइएको हो ।

महोत्सवको तेस्रो दिन आइतबारदेखि मस्र्याङदी नदीमा ¥याफ्टिङ गरिएको हो । महोत्सव मूल समारोह समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरिजङ तामाङका अनुसार पर्यटक ¥याफ्टिङ गर्न रुचाउने भएकाले ¥याफ्टिङ गराइएको हो ।

पर्यटकलाई आकर्षित गराई पर्यटन प्रवद्र्धन गर्न ¥याफ्टिङ गरिएको उहाँले बताउनुभयो । हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्व अध्यक्ष एवं ¥याफ्टिङ र कायकिङ गाइड युवराज अधिकारीका अनुसार अक्टोबरको अन्तिमदेखि मार्चसम्म जलयात्राको लागि उपयुक्त मौसम मानिन्छ ।

महोत्सवको पर्यटन व्यवस्थापन उपसमितिका संयोजक सुमन गुरुङका अनुसार ३ दिनसम्म ¥याफ्टिङ गरिएको हो । जिल्लामा जल तथा साहसिक पर्यटन प्रवद्र्धन गर्न ¥याफ्टिङ गराइएको उहाँले बताउनुभयो ।

‘मस्र्याङदी नदी ¥याफ्टिङ र कायाकिङका लागि राम्रो नदी हो । गुरुङका अनुसार एकपटकमा ८ जनाले ¥याफ्टिङ गरेका छन् । प्रति व्यक्ति ७०० रुपियाँ टिकट लिइएको संयोजक गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्