इटलीमा कोरोना नियन्त्रण गर्न चीनले डाक्टर र विज्ञको टोली पठाउँदै



बेइजिङ ।

इटलीमा पनि कोरोना भाईरसको संक्रमणले आतंक मच्चिएका बेला चीनले प्रकोप नियन्त्रणका लागि चिकित्सक र विज्ञको टोली पठाउने भएको छ । विश्वभर कारोना अर्थात् कोभिड १९ को संक्रमणको त्रास फैलिरहेका बेला कोरोनको ईपिसेन्टर मानिएको चीनको बुहानमा भने यसको प्रकोप कम हुन थालेको संकेत देखिन थालेका छन् । हालैका दिनमा चीनमा कोरोना संक्रमित र मृतकको दर घट्दै गएको छ।

इटली हाल चीनपछि सबैभन्दा कोरोनाले ग्रस्त मूलुक हो। त्यहाँ १० हजार १४९ संक्रमित पुष्टि भएका छन्। ६३१ को मृत्यु भइसकेको छ।मंगलबार मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहान शहर पुगेका थिए। उनले वुहानमा कोरोना नियन्त्रणमा ल्याएको बताएका थिए।

हाल करिब ६ करोड जनसंख्या भएको इटली ठप्प पारिएको छ। सरकारले कसैलाई घरबाट बाहिर निस्कन दिएको छैन। कोरोना संक्रमित तीब्र गतिमा बढ्दै गएपछि सबैलाई घरमै बस्न भनिएको हो।

त्यसकै भोलिपल्ट बुधबार चीनले इटलीमा आफ्नो चिकित्सकीय टोली कोरोना नियन्त्रणको लागि पठाउने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्