‘धन्यवाद भाञ्जी !’



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाले शल्यक्रियाको आठ दिनपछि ओलीलाई भेटेकी छन् ।

स्वास्थ्यमा सुधार देखिएपछि बुधबार अस्पतालबाट डिस्चार्ज भएकी संग्रौलाले आजै प्रधानमन्त्रीलाई भेटेकी हुन् । शल्यक्रियापछि पहिलो पटक संग्रौलालाई भेटेका ओलीले उनलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीकी भाञ्जी नाता पर्ने झापाकी संग्रौलाल गत बुधबार ओलीलाई मिर्गौला दान दिएकी हुन् । प्रधानमन्त्रीलाई भने संक्रमणको डरले त्रिवि शिक्षण अस्पतालमै राखिएको चिकित्सकले जनाएका छन् ।

संग्रौलालाई आज डिस्चार्ज गरिएपनि ओलीलाई कहिले गर्ने भन्ने बारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्