प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी संग्रौला अस्पतालबाट डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला आज डिस्चार्ज भएकी छन् ।

प्रधामन्त्रीकी भान्जी नाता पर्ने झापाकी संग्रौला गत साताको सोमबार शिक्षण अस्पतलमा भर्ना भएकी थिइन् । संग्रौलाको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि डिसचार्ज गरिएको असपतालले जनाएको छ । गत बुधवार संग्रौलाको एक मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्