लोपहुने भयो सेतो प्रजातिकाे जिराफ, विश्वभर एक मात्र भाले जिराफ बाँकी



गरिसा । विश्वबाट लोपहुने संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये दुई वटा जिराफलाई शिकारीले मारेका छन् ।

अफ्रिकी मुलुक केन्यामा मात्र ३ वटाको संख्यामा बाँकी रहेको सेता जिराफमध्ये पोथी जिराफ र त्यसको बच्चालाई शिकारीले मारेका छन् । केन्याको गरिसा शहरनजिक दुई सेता जिराफको कंकाल फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब एक भाले सेतो जिराफ मात्र जीवित रहेको छ । मारिएका जिराफ तीन महिनाअघि देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको छ ।

जिराफ मार्नेहरुको पहिचान भने खुल्न सकेको छैन । जिराफ मारिएको घटनाबारे आवश्यक अनुसन्धान चलिरहेको केन्याली अधिकारीले जनाएका छन् ।

केही वर्ष यता जिराफको संख्या घट्दै गएको छ । ३० वर्षअघि विश्वभर जिराफको संख्या १ लाख ५५ हजार रहेको थिया भने अहिले घटेर ९७ हजारको संख्यामा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्