प्रथम लाङ्गघाली कप : भलिबलको उपाधि सत्यवतीलाई



न्युज अफ नेपाल, बुटवल । 

सत्यवती भलिबल क्लव नवलपरासिले प्रथम लाङ्गघाली कप पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

लाङ्गघालीयुवा परिवार तिलोत्तमा ८ द्धारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यवती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधी जितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उप बिजेता बनेको लेखानी बाग्लुङले नगद ३१ हजार १ सय ११ मा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेटमा पराजय भोगेको बाग्लुङले दोस्रो र तेस्रो सेटमा लगातार जीत निकालेको थियो । चौथो र पाचौँ सेटमा सेटमा सत्यवतीले जीत निकालेपछि लेखानीले उप बिजेतामा चित्त बुझाएको हो ।

प्रतियोगितामा तृतिय बनेको कुँवरवर्ती ईङ्गलिस बोडिङ्ग स्कुलले नगद २२ हजार १ सय ११ प्राप्त गरेको छ भने, सान्त्वना स्थान हात पारेको मणिमुकुन्द भलिवल क्लवले ११ हजार १ सय ११ प्राप्त गरेको खेल संयोजक नरेन्द्र कुमार शारुले जानकारी दिनुभयो ।

लाङ्गघाली युवा परिवारका अध्यक्ष अम्मर बहादुर गाहाको अध्यक्षता, तिलोत्तमा नगरपालिका शिक्षा, युवातथा खेलकुद समिति प्रमुख गंगा राम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमको संचालन सांस्कृतिक संयोजक खिम रेग्मी मगरले गर्नुभएको थियो । प्रतियोगितामा बिभिन्न जिल्लाका २० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्