जिल्ला सामुदायिक अस्पताल लमजुङमा फिजियोथेरापी सेवा सुरु



शिक्षा पन्त, लमजुङ ।

सदरमुकाम बेसीशहरमा रहेको एच.डि.सि.यस लमजुङ जिल्ला सामुदायिक अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ ।

अस्पतालको सेवा सुविधा बिस्तारका क्रममा कोरियास्थिती कोइका नेपालको सहयोगमा फिजियोथेरापी विभाग सञ्चालनमा ल्याई सेवा सुरु गरेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत हेमन्त श्रेष्ठको भनाई छ । फिजियोथेरापी सेवाका लागि कोइका नेपालकोे सहयोगमा एकजना स्वंयसेवक र अस्पतालले एक जना कर्मचारी राखेको छ ।

पछिल्लो समय फिजियोथेरापी सेवा खोज्नेको संख्या बढ्दै गएको र जिल्लामा फिजोयोथेरापी सम्वन्धी सेवा सञ्चालनमा नभएकाले अस्पतालले फिजीयोथेरापीेसेवा सञ्चालनमा ल्याएको जनाएको छ । विशेष गरी नसा च्यापिएका, ढाड कम्मर र हड्डी लगायतको समस्या समाधानका लागि विरामीहरुले फिजियोथेरापी रोज्ने गरेको अस्पतालका हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर शरण लिम्बुले बताउनुभयो । उहाँका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका विरामीहरुलाई फिजीयोथेरापी प्रभावकारी हुने डा.लिम्बुको भनाई छ ।

फिजीयोथेरापी विभाग तथा ल्याबका लागि सुरुवाती अवस्थामा करिब डेढलाख बराबरको उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याएको र आगामि दिनमा फिजियोथेरापी विभागलाई अझ व्यवस्थित बनाउने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्