बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण भेटिएको डोरिस स्वयंले जानकारी दिएकी हुन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी डोरिस डाक्टरको सल्लाह अनुसार आफ्नै निजी घरको आइसोलेसनमा छिन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।

आफूलाई संक्रमण भएसँगै पछिल्लो समय आफूसँगा भेटघाट भएका मानिसहरुको पहिचान गर्न सुरु गरिएको डारिसले जानकारी दिइन् । चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस अहिले विश्वभर फैलिने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्