डा.सुदिपलाई ५ लाख जापानी येनको कोबायशी पुरस्कार



न्यूज अफ नेपाल, काठमाडौं । 

नेपालमा क्यान्सरको उपचार तथा नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार-२०२०’ प्रदान गर्ने घोषणा गरेको छ ।

५ लाख जापानी येन अर्थात करीव ५ लाख नेपाली राशीसहितकोहेल्थकेयर प्रोफेसनल तर्फको उक्त पुरस्कार डा.श्रेष्ठलाई आगामी जुन महिनामा जापानमा हुने क्यान्सरसम्वन्धि विशेष सम्मेलनमा प्रदान गरिने उक्त फाउण्डेशनले जनाएको छ ।

‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार—२०२०’ बाट थाइल्याण्डका डा. अरुनी देचाफुनकुल र हङ्गकङ्गका प्रा.डा.टोनी मोकलाई प्रदान गरिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्