बास्कोटाको घरमा बम विस्फोट गराउने अपराधीलाई कडा कारवाही होस् : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहालले घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न अनुरोध गरेका छन् ।

“म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्