आत्मनिर्भरता र स्वरोजगारका लागि सीपमूलक तालिम



ओखलढुंगा, (नेस)
खिजिदेम्बा गाउँपालिकाले आत्मनिर्भरता र स्वरोजगारका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ। तालिममा खिजिदेमबा गाउँपालिकाका २० जना महिला सहभागी छन्।
‘कम पढियो जागिर खाना सकिएन विदेश जान नि मन छैन तालिममा सहभागी सीप सिकेर आफ्नै गाउँमा सिलाइकटाई पसल खोलेर जीविकोपार्जन गर्ने सोचमा छु।’ –खिजिदेम्बा–५ की शारादा विकले बताउनुभयो।
खिजिदेम्बा गाउँपालिका प्रमुख वेदबहादुर रोकाले हरेक नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिम सञ्चालन गर्ने गाउँपालिकाको कार्ययोजना रहेको बताए।
यसैगरी गाउँपालिकाले सञ्चालन गरेको १ महिने हलुका सवारीचालक तालिमबाट ४० जना, ५० दिने हाउस वाइरिङ तालिमबाट २० जना र ७ दिने होमस्टे सञ्चालन तालिमबाट ३६ जनाले तालिम लिइसकेको खिजिदेम्बा गाउँपालिका–५ का अध्यक्ष रामकुमार सुनुवारले बताउनुभयो।
सञ्चालन भइरहेको ३ महिने ब्युटिसियन तालिमा ११ जना प्रशिक्षार्थी सहभागी रहेका छन्। यसैगरी, यही चैत्र ६ गतेदेखि ढाका बुनाई तालिम पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। साथै, ३ महिने सिलाइकटाई तालिम पनि सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्