पुरस्कारको रकम मानवसेवा आश्रमलाई



हेटौंडा, (नेस)।
मकवानपुर लिटिल स्टार २०२० की विजयीले आफूले उपाधिवापतको रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गरेकी छन्।
हेटौंडामा सम्पन्न प्रतियोगितामा विजयी भएर नगदसहित ताज पहिरिएकी जेनिथ इन्टरनेसनल स्कुलकी कक्षा–५ मा अध्ययनरत हिमांशी सुवेदी शर्माले पुरस्कारवापतको रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गरेकी हुन्।
उनले उपाधिसँगै नगद १५ हजार रुपियाँ प्राप्त गरेकी थिइन्। उक्त रकम हेटौंडा–९, लामसुरेमा रहेको मानव सेवा आश्रमै पुगी आश्रमका उमा भण्डारीलाई उनले हस्तान्तरण गरेकी थिइन्।
लिटिल स्टारको उपाधि प्राप्त गरिरहँदा पुरस्कारस्वरूप प्राप्त रकम सामाजिक सेवा गर्ने उद्देश्यले आश्रमलाई रकम प्रदान गरिएको उनकी आमा अप्सरा सुवेदीले बताइन्।

प्रतिक्रिया दिनुहोस्