कोरोनाको डरले सर्यो केटी पेरीको बिहे



केही दिनअघि मात्र गर्भवती रहेको र छिट्टै आमा बन्न लागेको खुलासा गरेकी ३५ वर्षीया अमेरिकी गायिका केटी पेरीले ४३ वर्षीय आरलन्ड ब्लुमका साथ गत वर्ष इन्गेजमेन्ट गरेपछि विवाह गर्ने योजना बनाएकी थिइन्।

तर विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका कारण उनले आफ्नो विवाहलाई पाछाडि सारेकी छन्। फक्सन्युज डट कमले प्रकाशित गरेको समाचारका अनुसार उनीहरूले जापानमा १ सय ५० जना पाहुनाका साथ विवाह गर्ने कार्यक्रम तय गरेका थिए।

तर जापानमा कोरोना भाइरस संक्रमणका सामाचार धेरै आएपछि उनीहरूले आफ्नो विवाह पछाडि सार्ने निर्णय गरेका हुन्। पेरीले हालै सार्वजनिक गरेको नयाँ गीत नेभर वर्न ह्वाइटको भिडियोमा आफ्नो बेबी बम्प पनि देखाएकी छिन्।

पेरीको पहिलो हुनेवाला सन्तान उनका प्रेमी ब्लुमको भने दोस्रो सन्तान हुनेछ। ब्लुमको पूर्व पत्नीबाट ९ वर्षीय छोरा रहेका छन्। गायिका संगीतकार गीतकार तथा स्टेज पर्फमर रहेकी पेरी एक सामाजिक कार्यकर्तासमेत हुन्। उनी ट्वीटरमा सबैभन्दा बढी फलो गरिएका संसारभरको तेस्रो नम्बरको सेलिब्रेटीमा पर्छिन्।

प्रतिक्रिया दिनुहोस्