नागरिकमा अनुभूतिसहितको अपेक्षा



टंक पन्त
देशमा राजनीतिक परिवर्तन भएपछि अब हाम्रा सुखका दिन प्रारम्भ हुने भएभन्ने सबैलाई परेको थियो। निश्चय नै आन्दोलनमा नेताहरूले धेरै आश्वासन बाँडेका हुन्छन्, त्यो आश्वासन बाँड्नेले नैविजय हासिल गरेपछिनागरिकको त्यो अपेक्षा हुनुस्वाभाविक नै हो र हुन्छ पनि।तर नागरिकले त्यो अनुभूति गरेका छन् त ?आमनागरिकको योप्रश्न रहेको छ।गणतन्त्रसहितकोलोकतान्त्रिक राजनीतिक व्यवस्थाल्याएरै छोडियो।
त्यति मात्र नभएर दुई तिहाइसहितको बामपन्थीको सरकार पनिबनेको दुईवर्ष भैसकेको छ। यो अवस्थामा नागरिकलेपरिवर्तन भएको अनुभूति खोजेका छन्। त्यसका लागि नागरिकले के चाहेकाहुन् ? उनीहरूको मनोविज्ञानलाई पनि समेटेर काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि धेरै इच्छाशक्तिको खाँचो रहेको छ।
अस्वस्थताका बाबजुद पनि सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाशक्ति र आत्मबल निकै दरिलो देखिन्छ, तर किन हो खोइ,नागरिकमा त्यो अनुभूति हुन सकेको छैन।
अहिलेसम्म भए, गरेका काम ऐन–नियम र नीतिमै बढी केन्द्रित भएको जस्तो देखिएको छ।हुन त कतिपय सपार्नुपर्नेपक्षलाई मिलाउने काम पनि भएका छन्। तर अब जनताको मनोविज्ञानलाई आत्मसात् गरी सोही अनुसार कामलाई अगाडि बढाउन सकेमा जनताको मन जित्न सकिन्छ। अन्यथा यति काम भयो, उति काम भयो भनेर मात्रनागरिकले सन्तुष्टि गर्नेअवस्था हुँदैन।
यद्यपि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले दुईवर्षमा गरेका कामलाई कम आँक्न सकिँदैन। सरकारले सार्वजनिकगरेको दुईवर्षको उपलब्धिलाई हेर्ने हो भने धेरै काम भएको देखिन्छ। विगतमा बिग्रे÷भत्केका विषय, नीति नियम रकाम गर्ने शैलीलाई सल्ट्याउन पनि वर्तमान सरकारलाई निकै समय लागेको अनुभूति बौद्धिक जगत्ले गरेकै हो।
धेरै वर्षसम्मकुनै पनि पार्टीको बहुमत नहुँदा देश पछाडि प¥यो रत्यसको असर सबैतिर परेको हो नै। त्यसलाईठीक ठाउँमा ल्याउन पनि कम मेहनत र समय लागेन। आर्थिक स्थिति जर्जर थियो, ऐन नियम र नीति बनाउनु थियो। त्यति मात्र नभएर पहिलो पटक संघीयतामा गएकोमुलुकमा स्थानीय, प्रदेश र संघीय निर्वाचनपछि बनेका तीनवटा सरकारले आफ्ना भूमिकाका लागि ऐन नियम र नीति बनाउनु पनि कम चुनौतीपूर्ण थिएन।
त्यो अवस्थालाई अहिलेसहज बनाउने काम भएको छ, जसलाई ठूलो उपलब्धि मान्नुपर्छ।आर्थिक सुधार उल्लेख्य मात्रामा भएको छर काम गर्ने आधार बनेको छ।अब सरकारले केवल जनताका अपेक्षामा केन्द्रित भएर काम गर्न कुनै बहाना बनाउनुहुँदैन।
जनताद्वारा निर्वाचित शक्तिशाली सरकारबाट जनताले चाँडो परिवर्तनको अनुभूति हुने गरी काम होस्भन्ने अपेक्षा राख्नु स्वाभाविक हो।त्यो अपेक्षा पूरा गर्नका लागि सरकारले पूर्णरूपमा ध्यान दिनुपर्छ। त्यो अपेक्षाअनुसारसरकारका सम्पूर्ण निकायमा अनुगमन र मूल्यांकन गर्ने एउटा उच्च स्तरीय संयन्त्र प्रधानमन्त्रीले नै बनाउनुपर्छ र त्यसको नेतृत्व पनि स्वयं प्रधानमन्त्रीले नै गर्नुपर्छ।
वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टीको सरकार हो। यो सरकारले केही गरेर देखायो भने कम्युनिस्ट पार्टीको सरकारले गरायो है भन्ने हुन्छ। र,आगामी निर्वाचनमा यसैलाई अगाडि बढाउनुपर्छ भन्ने हुन्छ। पार्टी पनि जिम्मेवारीबाट उम्किन सक्तैन। यसर्थ सरकारको कामको अनुगमन र मूल्यांकनका लागि पार्टीबाट पनिउच्च तहको अनुगमन मूल्यांकन संयन्त्र बनाउनुपर्छ।
त्यो संयन्त्रले जे देख्छ त्यो पार्टीको बैठकमा राखेर सरकारलाई आवश्यक सुझाव निर्देशन दिन सक्छ। यसले गर्दा सरकारलाई प्रभावकारी बनाउन ठूलो सहयोग पुग्छ।२०१५ सालपछि पहिलो पटक बनेको यति शक्तिशाली सरकारले पनि जनताको अपेक्षा पूरा गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ। त्यो निराशा कुनै पार्टी वा व्यक्तिमा मात्र सीमित हुँदैन।
अनि जनतामा जुन पार्टीको सरकार बने पनि, जति शक्तिशाली सरकार बनेपनि यस्तैरहेछ भन्नेनिराशा पैदा हुन्छ। त्यसले देशलाई नै गम्भीर असर गर्छ। आगामी दिनमा फेरि पनि कुनै पनि पार्टीले बहुमत नल्याउने स्थिति उत्पन्न हुन सक्छ। त्यसैलेअब वर्तमान सरकारले जनताको मनोविज्ञानलाई बुझेर उनीहरूको चाहनाअनुसार कामलाई अगाडि बढाउनुपर्ने खाँचो छ।
पार्टीको सल्लाह र निर्णयबाट सरकार अगाडि बढेमासिंगो पार्टी पंक्तिलेअपनत्व लिएर सरकारको कामलाई आफ्नै ठानी सरकारको पक्षमा बोल्नेछ। अहिले सरकारले काम गरिरहेको छ तर नेता–कार्यकर्ताले सरकारको पक्षमा बोल्नहिच्किचाएको देखिन्छ। यो अवस्थालाई अन्त्य गर्नुपर्छ। यो सरकार जनताको सरकार हो, यसले जनताका निम्ति यस्ता–यस्ता काम गरिरहेकोछ र अब यस्ता–यस्ता काम गर्नेछ भन्ने बनाउने गरीसामूहिक निर्णयद्वारा अगाडि बढ्ने कम्युनिस्ट पार्टीको संस्कारलाई अनुशरण गर्नुपर्छ।
नेपाली जनता यो सरकारबाट उपलब्धिपूर्ण काम हुन्छ भन्ने कुरामा अझै पनि विश्वस्त छन्। यसर्थ अब जनताको मनोविज्ञानलाई बुझेर कामगर्नुपर्नेछ।जनभावना रसरकारकोकाममा तालमेल मिलेको छैन। त्यो तालमेलमिलाउन पनि पार्टी र सरकारबीचघनीभूत छलफल गरी कामको सम्पादन गर्दा राम्रो हुनेछ।
पहिलोपटकजनताबाट निर्वाचितबामपन्थीको शक्तिशाली सरकारले जनअपेक्षालाई ध्यानमा राखेर कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएकोछ।
अहिलेसम्म भए, गरेका काम ऐन–नियम र नीतिमै बढी केन्द्रित भएको जस्तो देखिएको छ।हुन त कतिपय सपार्नुपर्नेपक्षलाई मिलाउने काम पनि भएका छन्। तर अब जनताको मनोविज्ञानलाई आत्मसात् गरी सोही अनुसार कामलाई अगाडि बढाउन सकेमा जनताको मन जित्न सकिन्छ। अन्यथा यति काम भयो, उति काम भयो भनेर मात्रनागरिकले सन्तुष्टि गर्नेअवस्था हुँदैन।
अब पार्टीका नेता–कार्यकर्ताले सरकारले गरेका कामलाई सघाउने र सरकारको पक्षमा वकालत गर्ने वातावरण बनाउनसामूहिक निर्णय गर्ने अभ्यास गर्नुपर्छ। तब मात्र सरकारका कामउजागर हुनेछन्। यसलेगर्दासरकारले गरेको देखिँदै पनि जानेछ।
वास्तवमा अहिले सरकारमा रहेको पार्टीमा एकसेएक नेताहरू अनुभवी र सक्षम छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंप्रधानमन्त्री हुनुहुन्छ। आफ्नो स्वास्थ्य जस्तोसुकै भएपनि उहाँमा रहेको आत्मबलले सबैको मनोबल बढाएको छ। देशका लागि केही गरेरै छोड्ने उहाँमा रहेको दृढताप्रति आमनेपालीले सलाम गरेका छन्।
त्यस्तै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ। उहाँ पटक–पटक प्रधानमन्त्री भैसक्नुभएको छ।जननेता मदन भण्डारीको दुर्घटनाबाट मृत्युभएपछि पार्टी ठूलो संकटमा परेको थियो। त्यस्तो बेलामा पार्टीको नेतृत्व गरेर पार्टीलाई सबैभन्दा ठूलो बनाई अल्पमतको सरकार बनाउने काममा उहाँले नेतृत्वगर्नुभयो। त्यो सरकारले इतिहास पनिकायम ग¥यो।
आज पनि एमालेको ९ महिने सरकारलाई जनतालेसम्झिन्छन् र स्यालुट गर्छन्। जुन सरकारको नेतृत्वपार्टीअध्यक्ष मनमोहन अधिकारीले गर्नुभएको थियो भने महासचिव नेपाल(जो पार्टीको कार्यकारी भूमिकामा हुनुहुन्थ्यो) उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री हुनुहुन्थ्यो।
जुन सरकारमा गृहमन्त्री वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो।पार्टीमा जुनसुकै संकट परोस्, त्यो बेला माधव नेपाललेसंकट टार्ने गर्नुभएको छ। देशलाई शान्ति प्रक्रियामा ल्याउन उहाँले नायकको भूमिका निर्वाह गर्नुभयो। पछिल्लो समयमापार्टी सचिवालयको बैठकमा भएको निर्णय र प्रधानमन्त्री ओलीको चाहनाका सन्दर्भमा पार्टी निकै ठूलो संकटमापरेको थियो, जसलाईपार्टीका वरिष्ठ नेता माधव नेपालले समन्वयकारी अहं भूमिका खेल्नुभयो र पार्टी संकटबाट जोगियो। यसर्थ यस्ता निष्ठावान्, निस्वार्थीनेता पार्टीमा हुनुहुन्छ। जसको भूमिकासरकारका लागि निकै सहयोगी हुन्छ।
१० वर्ष जनयुद्धहाँक्नुभएको र सोही जनयुद्धसमेतको बलमामुलुक गणतन्त्रमा गयो, त्यस्ता नेताप्रधानमन्त्री भैसक्नुभएका पुष्पकमल दाहाल प्रचण्ड पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यसै गरी पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भैसक्नुभएका अर्का वरिष्ठ नेता झलनाथ खनाल,पहिलो पटक जनताले आफ्ना लागि आफैं संविधान बनाउनेसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पार्टीमाअर्कानेता जो ९ महिने सरकारको बेला प्रमुख राजनीतिक सल्लाहकार हुनुहन्थ्यो र आज पनि उपप्रधानमन्त्री र स्कुल विभागको प्रमुख हुनुहन्छ ईश्वर पोख्रेल।
पार्टीको नेतृत्वसमेत गर्नुभएकार सरकारमासमेत पटक–पटक काम गर्नुभएका संगठन विभाग प्रमुख बामदेव गौतम, पार्टीकै नेतृत्वसमेत गर्नुभएका र सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतकाअनुभवी एवं सक्षम नेताहरू कम्युनिस्ट पार्टीमा हुनुहन्छ। यही पार्टी सरकारमा छ। त्यसैले पनिसरकारलाई प्रभावकारी बनाउन यो पार्टीमा अनुभवी नेताको खाँचो छैन।
जस्तोसुकै संकट परेपनि हल गर्न सक्नेसक्षम नेताहरू यही पार्टीमा हुनुहुन्छ। यसर्थयी नेताहरूको सल्लाह, समझदारीका आधारमाकाम गर्ने हो भने जनताको अपेक्षाअनुसार काम नहुने भन्ने हुँदैन। सरकारले प्रभावकारीरूपमा गर्न सक्ने पनि हुन्छ। र, सरकारको बाँकी समय पनि पर्याप्त छ।सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा आफैंमा सुन्दर र उपयुक्त छ।
यो नारालाई सार्थक बनाउनुको विकल्प छैन। यही सरकारले त्यो काम गर्न सक्छ। तर काम गर्ने शैली र मानसिकतामा परिवर्तन गर्नुपर्ने हुन्छ। राजनीतिक नेताहरूको काम गर्ने शैलीमा परिवर्तन भएमा ब्युरोक्रेसीलाई पनि परिवर्तन गर्न सकिन्छ। किनकि अहिले पनि ब्युरोक्रेसीको काम गर्ने शैलीमा परिवर्तन आएको छैन।

प्रतिक्रिया दिनुहोस्