खालि रंगशालामा खेल हुने



लन्डन, (एजेन्सी)
पछिल्लो समय विश्वमा बढ्दै गएको कोरोना भाइरसको प्रभाव युरोपेली फुटबलमा पनि देखिन थालेको छ।
जसको असर युरोपका शीर्ष फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगसहित स्पेनिस र इटालियन घरेलु लिगमा परेको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यूएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र नेपोलीबीच हुने खेल खालि रंगशालामा खेलाइने भएको छ। च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलको दोस्रो लेग अर्को साता बार्सिलोनाको मैदान क्याम्प नोउमा हुँदै छ। उक्त खेलमा दर्शकलाई प्रवेश गर्न रोक लगाइएको छ। क्याटोलोनिया राज्यका स्वास्थ्य प्रमुख योहान गुइक्सले स्वास्थ्यका कारण यो निर्णय लिइएको जानकारी दिए। च्याम्पियन्स लिगअन्तर्गत यसै साता तय भएका भ्यालेन्सिया र एट्लान्टा तथा पेरिसमा हुने पीएसजी र बोरुसिया डर्टमन्डबीचको खेल पनि बन्द रंगशालामा खेलाउने निर्णय गरिएको छ। त्यस्तै युरोपा लिगमा गेटाफे र इन्टर मिलानको खेलमा पनि दर्शकलाई उपस्थित नहुने निर्देशन दिइएको छ। ला लिगाअन्तर्गत आगामी दुई चरणका खेलहरू पनि खालि रंगशालामा खेलाउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्