अमेरिकामा होली (फोटो फिचर)



काठमाडौँ ।

होली पर्वको हिन्दू संस्कृतिमा बिशेष महत्व छ । यो रंग पर्वलाई परदेशमा पनि रही नेपालको कला, संस्कृति लाई जोगाई राख्न तथा होली लगायत हिन्दू संस्कृति लाई विश्व सामु चिनाउँन न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिकाको युवाहरुद्वारा न्यूयोर्कको राजधानी अल्बानी मा होली मिलन समारोहको आयोजना गरेको थियो ।

यो मौकामा समाजका सक्रिय सदस्य राम नि। यादवको नेतृत्वमा होली कमिटी गठन गरिएको थियो । अल्बानी मेडिकल कलेजमा रेस्पिरोटरी प्रैक्टिशनर पदमा कार्यरत मुकेश झाले कोरोना भाइरस९कोभिड–१९० को संक्रमण बाट बच्ने बिषयमा प्रकाश पार्नुको साथै अमेरिकाका विभिन्न संघ संस्थाले होलि समारोह स्थगनगर्दा आफुहरुले बिशेष स्वास्थ्य सुरक्षा अपनाई हरेक होलिप्रेमिहरुलाई सैनीटाइजर एवं वाइपस प्रदान गरिएको बताउनु भयो ।

होली खुशी तथा भाईचारा को संदेश दिने साथै आपसी बैरभावलाई बिर्सी रंग पर्व धुमधामले मनाउने परम्परा रहेको सामाजिक अभियंता अनिश केसी एवं राम गुप्ताले बताउनु भयो ।

होली मिलन समारोहमा सांगीतिक कार्यक्रम बवन कर्ण एवं उद्घोसन् लक्ष्मन केशरीले गर्नु भयको थियो। यस होलि समारोहमा नर्थइस्टका विभिन्न राज्यहरुबाट होलिप्रेमीहरुको उपस्थिति रहेको समाजका उप(संयोजक सरिता यादवले अल्बानीबाट जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्