विवादास्पद ठेकेदार मनोज भेटवाल पक्राउ



काठमाडौं, (नेस)
विवादास्पद व्यापारी मनोज भेटवाल चेक बाउन्सको अभियोगमा पक्राउ परेका छन्। चेक बाउन्स मुद्दामा उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौले मुद्दा दायर गरेपछि उनी फरार भएका थिए। प्रहरीको मोस्ट वान्टेड सूचीमा परेका भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
उनी आफैँ महानगरीय प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेका हुन्। भेटवाल केही समयदेखि भारतका विभिन्न शहरमा लुकेर बसेको आशंका प्रहरीले गरेको थियो। उच्च अदालत पाटनको आदेशमा प्रहरीले भेटवाललाई खोजी गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्