परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई ७ दिन हिरासतमा राख्न अनुमति



न्युज अफ नेपाल,काठमाडौं ।

परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षिका कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको प्रहरीले जनाएको छ ।

कर्मचार्यमाथिको अभियोग प्रमाणित भए ५० हजार रुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्