सिन्धुलीको मरिण गाउँपालिकामा बाघ आतंक !



बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा बाघले आतंक मच्चाएको छ । दुई साता यता देखि बाघको आतंकले स्थानीय त्रसित भएका छन् । बाघले स्थानियको झन्डै दुई दर्जन बढी पशुचौपाया मारेर खाएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

बाघले मरिण गाउपालिकाको क्यानेश्वरमा १० वटा गाईभैसी, वडा नं. ३ बरुणमा ४ ओटा गाई, वडा नं. ५ को खन्जनीमा २ ओटा भैसी, वडा नं. ५ कैं पिउरीमा गाईभैसी, कमलामाई नगरपालिका १ को नेपानेमा ८ बाख्रा खाएको मरिण गाउपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो ।

अहिले सम्म मानिसलाई आक्रमण नगरेपनि बाघले यसरी पशुचौपाय माथि आक्रमण गरेपछि स्थानिय निक्कै आतंकीत र त्रासित बनेको उहाँको भनाई छ । बाघको पाईला हेर्दा निक्कै ठुलो बाघ भएको हुन सक्ने आशंका गर्न सकिने उहाँले बताउनुभयो ।

बाघले धेरै आतंक मच्चाउन थालेपछि आज बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख रन्जु सिग्देल, शसस्त्र प्रहरी, डिभिजन वन कार्यालय मरिण लगाएतका निकायसँगको समन्वयमा बाघ देखा परेको ठाउँ वडा नं. ५ को पिउरीमा गएपनि बाघ जंगलमा पसेकाले फेला नपरेको बताउनुभयो ।

आफूले पालेका घरपालुवा जनावारहरु बाघले खान थालेपछि चिन्तित भएको स्थानीय बासिन्दाले बताएका छन् । साथै स्थानीयहरुले बाघ नियन्त्रणको पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्