एकै दिन दई युवाको शव फेला



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा मंगलवार दुइ युवाको शव फेला परेको छ ।अत्याधिक मापसेका कारण सडक नजिकै लडेर पाल्पामा एक युवाको ज्यान गएको छ , सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै सडकबाट लडेका तानसेन–७, बर्तुङ्कका ३८ वर्षिय रेलबहादुर रानाको मृत्यु भएको प्रभास प्रहरी चौकी पाल्पाले जनाएको छ ।

प्रहरी चौकी प्रभासका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीले अत्याधिक मापसेका कारण सडक नजिकैबाट लडेर रानाको मृत्यु भएको बताउनुभयो ।अत्यधिक मापसेका कारण सडक नजिकै लडेका रानाको राति कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँले बताउनुभयो । शबको पोष्ट मार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैवीच जिल्लाको तिनाउ खोलामा रहेको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रुपन्देही तिलोत्तमा नगरपालिका ७ भलवाडीका २१ वर्षका प्रदिप रोका मृत अवस्थामा फेला परेका छन् ।

साथीहरुसँगै खोलामा पौडी खेल्ने क्रममा २४ गते (शनिबार) देखि बेपत्ता भएका रोका मंगलबार दिउँसो २ बजेको समयमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरी चौकी दोभान पाल्पाबाट खटिएका टोलीले ड्याम साइडदेखि १ कि.मि. तल पानीमा तैरिरहेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्