कृषिलाई प्रविधिमैत्री बनाउन हाते ट्याक्टर वितरण



शिक्षा पन्त, लमजुङ ।

राइनास नगरपालिकाले कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउन कृषकहरुलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । राइनास नगरपालिकाको कृषिशाखाले ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

४७ हजार पर्ने उक्त हाते ट्याक्टर खरिदका लागि नगरपालिकाको ५० प्रतिशत र किसानले ५० प्रतिशत अर्थात २३ हजार ५ सय रुपैया तिरेका छन् । किसानहरुलाई हाते ट्याक्तर हस्तान्तरण गर्दै राइनास नगरपालिकाका प्रमुख सिहंवहादुर थापाले कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउदै उत्पादन वृद्धि गर्ने उदेश्यका साथ अनुदानमा ट्याक्टर वितरण गरेको बताउनुभयो ।

चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रम अन्र्तगत पालिकाभित्रका किसानहरुको मागलाई मध्यनजर गरी प्रत्येक किसानलाई १/१ वटा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख रघु अधिकारीको भनाई छ । उहाँका अनुसार हाते ट्याक्टर अनुदानका लागि १ सय ३२ जनाबाट माग भएकोमा सिमित बजेट भएकाले यसवर्ष ३२ जना किसानलाई मात्र वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्