त्रिशुलीमा पक्की पुलको शिलान्यास



सरस्वती न्यौपाने, रसुवा । 

जिल्लाको आमाछोदिङमो गाउँपालिकाको हाकुका बासिन्दालाई यातायातको पहुँच पुर्‍याउन पहिलो पटक त्रिशुली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ ।

हाकुवेशी पाङलीङ, सानोहाकु र ठुलो हाकु क्षेत्रका करिव सात सय घरपरिवारलाई यातायातको सुविधा पुर्‍याउन गत वर्ष ११ किमि मोटर बाटो निर्माण गरीएको थियो भने हाल गाउँपालिकाको बजेटबाट धुन्चे हाकुवेशी त्रिशुली नदीमा मोटरेवल बेलीब्रिज निर्माण गर्न लागीएको हो ।

विकास निर्माणका सामाग्रीको नाम्लोबाट ढुवानी गर्नुपर्ने हाकु क्षेत्रमा मोटरबाटो निर्र्माणको साथ साथै पक्की पुल निर्माणको सुभारम्भ भएपछि नेसिङ तथा ग्रे गाउँका बासिन्दाहरुलाई समेत मोटर बाटोले सहयोग पुग्नेछ । स्थानिय सरकार गठन भएपछि मोटरबाटो निर्माण काम लाई प्राथमिक तामा राखिएको आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले जानकारी दिनु भयो ।

सदरमुकामको नजिक रहेपनि पुर्वाधारको कमी रहेको हाकु क्षेत्रमा नेपाली सेनाले स्याफ्रुवेशी, मैलुङखण्डको अन्तराष्ट्रिय राजमार्गको ट्रयाक खोले पश्चात सहज भएको अध्यक्ष तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्