चितुवाको आक्रमणबाट वृद्ध घाइते



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ ।

कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो ।

घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताउनुभयो । घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उहाँको अबस्था भने सामान्य नै रहेकोछ ।

एक सातादेखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाय मारेपछि सर्वसाधरण त्रसित भैरहेका छन ।

प्रतिक्रिया दिनुहोस्