स्वरोजगारका लागि सीपमूलक तालिम



लिला सुनुवार,ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले आत्मनिर्भरता र स्वारोजगारको लागि विभिन्न शिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ ।

यसै क्रममा यहि माघ २७गते देखि ३ महिने सिलाई कटाई तालिम सञ्चालन भैरहेको छ । तालिममा खिजीदेमबा गाँउपालिका भरिका २० जना महिलाहरु सहभागी छन ।

‘ कम पढियो जागिर खाना सकिएन बिदेश जाननि मन छैन तालिममा सहभागी सिप सिकेर आफ्नै गाँउमा सिलाई कटाई पसल खोलेर जिविकोपार्जन गर्ने सोचमा छु,’ खिजी देम्बा ५ काशारादा बिकले खुसि हुदै बताए ।

खिजीदेम्बा गाँउपालिका प्रमुख बेद बहादुर रोकाले हरेक नागरिकहरुलाई स्वारोजगार बनाउने उद्देश्यले गाँउपालिकाले सिपमुलक तालिमहरु सञ्चालन गर्ने गाँउपालिकाको कार्य योजना रहेको बताए । यसै गरि गाँउपालिकाले सञ्चालन गरेको १ महिने हलुका सवारी चालक तालिमबाट ४० जना,५० दिने हाउस वाईरिङतालिम बाट २० जना र ७दिने होम स्टे सञ्चालन तालिमबाट ३६ जनाले तालिमलिई सकेको खिजीदेम्बागाँउपालिका वडा नं. ५ काअध्याक्ष रामकुमार सुनुवारले वताए ।

सञ्चालन भैरहेको ३ महिने ब्यूटिसियन तालिमा ११ जनाप्रशिक्षर्तीहरु सहभागी रहेका छन । यसै गरि यहि चैत्र ६ गते देखि ढाका बुनाई तालिम सञ्चालनगर्ने योजना रहेको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्