पहिलो उडान



सोल, (एजेन्सी)
हप्तौंदेखि उत्तर कोरियाको राजधानी प्योङयाङमा कोरोना भाइरस अर्थात् कोभिड – १९ संक्रमित भएको आशंकामा क्वारेन्टाइनमा राखिएका करिब ६० जना विदेशी नागरिकलाई सोमबार अन्ततः प्योङयाङले देश छाड्ने अनुमति दिएको छ।

विशेषज्ञहरूको न्युज साइट एनके न्युजले एक महिनाको अवधिमा भ्लादिभोस्तका लागि उडेको एयर कोराको विमान उत्तर कोरिया छाड्ने पहिलो व्यावसायिक उडान भएको बताएको छ।

कलसाइन केओआर २७१ बोकेको उक्त विमान सोमबार बिहान सुदूरपूर्वी रुसी शहरमा अवतरण भएको छ। कोरोना फैलिन नदिन उत्तर कोरियामा सयौं विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्