तीन क्षेप्यास्त्र परीक्षण



सोल, (एजेन्सी)

उत्तर कोरियाले सोमबार समुद्रमा तीन अज्ञात क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ। एक वर्ष नबित्दै उत्तर कोरियाले गरेको यो दोस्रो परीक्षण हो।

ती तीन क्षेप्यास्त्र दक्षिण हेमग्योंग प्रान्तका सान्दोक इलाकाबाट उत्तरपूर्वी दिशामा प्रहार गरिएको दक्षिण कोरियाका सैन्य प्रमुखले बताए। सेनाले थप प्रक्षेपणमा निगरानी राख्न आप्नो तयारी पनि गरेको उनले बताए।

जापानको रक्षा मन्त्रालयका प्रवक्ताले उत्तर कोरियाको पछिल्लो परीक्षण ब्यालिस्टिक क्षेप्यास्त्रजस्तो देखिएको बताएका छन्। ती क्षेप्यास्त्र जापानको कुनै भूभागतर्फ आएको संकेत नभएको पनि जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्