युनाइटेडद्वारा सिटी पराजित



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेडद्वारा म्यानचेस्टर सिटी पराजित भएको छ ।
युनाइटेडले सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै तीन अंक हासिल गरेको हो । यूनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याक टोमिनेले गोल गरेका थिए । घरेलु टोलीलाई दवाबमा राखेपनि सिटीले गोल गर्न नसक्दा हारको मुख देख्नु प¥यो ।
खेलको ३०औं मिनेटमा एन्थोनी मार्सियलले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको सिटीले बल पोजेसनमा राम्रो पकड राखेपनि युनाइटेडको बलियो रक्षापङ्ति भने तोड्न सकेन । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा स्कट म्याक टोमिनेले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।
यस हारले लिभरपुलको उपाधि यात्रा थप मजबुत बनेको छ । सिटी शीर्षस्थानको लिभरपुलसँग २५ अंकले पछि परेको छ । सिटीमाथिको जितसँगै युनाइटेडले प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावनालाई समेत बढाएको छ । युनाइटेडको २९ खेलबाट ४५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्