सुख्खा बन्दरगाहको निर्माण कार्य तीव्र



रसुवा, (नेस)

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

नेपाल इन्टरमोडेल डेभलपमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट बन्न लागेको बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम भएको छ । करिव ४ सय ट्रक अट्ने बन्दरगाह निर्माणको मंसिर ४ गतेबाट नै काम शुरु गरिएको थियो ।

फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी पहिलो चरणमा बन्दरगाहको क्षेत्रको नदी नियन्त्रणका लागि भोटेकोसीमा मेसिनरी पर्खाल लगाउने तयारीमा जुटेका छ । टिमुरे गाउँको पश्चिमतर्फको खोला किनारको जमिन बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भूमिको स्वामित्व कायम गराई सकेपछि त्यसभित्र रहेका १३ वटा घर–टहराको अझै मुल्याङ्कन हुन नसकेको गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले जनाएको छ ।

छोटो अवधिमै छिटो काम सम्पन्न हुन लागेपछि बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल इन्टरमोडेलका प्राविधिकले जिम्मा पाए पनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौं बस्ने गरेको जनगुनासो छ ।

प्रतिक्रिया दिनुहोस्