छोरीको टाउको काट्नेलाई जन्म कैद



ह्युस्टोन,(एजेन्सी)
अमेरिकाको टेक्सास निवासी एकजना महिलालाई सन् २०१७ मा आफ्नी पाँच वर्षीया छोरीलाई छुरा प्रहार गरिसकेपछि टाउको छिनाएको अभियोगमा आजीवन कारावास सजाय सुनाइएको छ। हेजस्थित अदालतले २७ वर्षीया क्रिस्टल भिल्लानुएभालाई आफ्नी छोरी गियोभान्ना हर्नान्डेजको हत्यामा गत बिहीबार दोषी ठहर्याएको हो।
अस्टिनदेखि करिब ३२ किलोमिटर दक्षिण पश्चिममा पर्ने काइलस्थित तिनीहरूकै घरमा सो हत्याकाण्ड भएको थियो। न्यायाधीशहरूको इजलाशले भिल्लानुएभालाई आफ्नो ससुरालाई पनि धारिलो हतियार प्रहार गरेको अभियोग पनि लागेको छ।
तर, सो आक्रमणमा ससुरा भने बाँच्न सफल भएका छन्। तर, उनका वकिलहरूले उनको मानसिक स्थिति ठीक नभएकाले उनलाई सजाय हुन नसक्ने तर्क पेस गरेका थिए। सोही घरमा अभियुक्तका पति र परिवारका अन्य सदस्यहरू पनि सँगै बस्दै आएका थिए। वकिलहरूका अनुसार सन्काहा स्वभावकी उनले आफ्नी छोरीले कर्नफ्ल्याक्स मागेकै झोंकमा छुरा प्रहार गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्