डिफेन्डिङ च्याम्पियन थ्री स्टार सेमिफाइनलमा 



विजय नेपाली, पोखरा । 
डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार जारी १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला निर्माणाधीन फुटबल मैदानमा सोमबार भएको खेलमा थ्रीस्टारले  भारतको गङ्टोक क्लबलाई ३–० ले हराएको हो । तीनै गोल खेल सकिन १३ मिनेट बाँकी हुँदा भएका हुन् । ललितपुरको टोलीको जितमा सुशान श्रेष्ठले दुइ गोल गरे भने सन्जोग राईले एक गोल गरेका थिए ।
सुशानले ३ मिनेट थपिएको इन्जुरी समयमा ९२ औ र ९३ औ मिनेटमा गोल गरे थिए । यसअघि सन्जोगले ७९ औ मिनेटमा वान भर्सेस वानमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले दिपेश घलेले दिएको पासमा सेन्टरदेखि बल अघि बढाउदै गोल गर्न सफल भए ।
खेलको छैटौं मिनेटमा भरातको गङ्टोक क्लबका सिदान्त  क्षेत्रीको हेड प्रहारले जाली चुम्न सकेन । टि लेहनदुप भुटियाले दिएको क्रसमा सिदान्त अन मार्क रहदै हेड गरे पनि जाली चुम्न भने सकेन । १७ औ मिनेटमा थ्रीस्टारका निशान खड्काको फ्रीकिक प्रहार क्रसबार नजिकैबाट बाहिरियो । त्यस्तै २० औ मिनेटमा पाएको अर्को फ्रीकिकमा कप्तान विक्रम लामाले गरेको हेडप्रहारले जालि चुम्न सकेन ।
जित पछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसिले गङ्टोक निकै राम्रो टिम भएको प्रतिक्रिया दिए । “ हामिले विपक्षी टिम कस्तो छ भनेर देखेको थिएनौं, तर टिम निकैनै राम्रो रहेछ, अन्तिम समय सम्हालिन नसक्दा हामिले जित हात पारेका छौ“ केसिले भने । “ हाम्रो खेल ५०-५० को थियो जित कस्को पक्षमा जान्छ समेत थाहा थिएन हामिले कम्जोरी थाहा पायौ र त्यसैको फाइदा उठायौ“ प्रशिक्षक केसिले भने ।
थ्रीस्टारमा ३ जना बाहेक सबै नयाँ खेलाडी रहेको जानकारी दिए । उनले दर्शकहरुलाइ टिमको बारेमा थाहा नभएर निराश भएको बताए । “ दर्शकहरुले पनि हाम्रो बारेमा बुझ्न जरुरी छ , हामिले सबै जसो नयाँ खेलाडी लिएर आएका छौ हामी सेट हुन अझै केहि समय लाग्छ“ उनले भने ।
थ्रीस्टारमा अहिले ३ जना राष्ट्रिय खेलाडी रहेका छन गत वर्ष सम्म ११ जना नै राष्ट्रिय खेलाडी समेत रहेको क्लबमा अहिले विक्रम लामा, अनन्त तामाङ र मिकचेन तामाङ रहेका छन भने बाकी खेलाडी नयाँ रहेका छन । पुलिस संगको खेलमा थप सुधार गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्